डोजरले भत्काएको बास, निराशाले खोसेको सास
annapurnapost.com · Fri Aug 21 01:11:54 GMT 2026

काठमाडौं : काठमाडौंका नदीकिनार र सार्वजनिक जमिनमा वर्षौंदेखि बस्दै आएका सुकुम्बासी बस्तीमा ४ महिनाअघि डोजर पसेपछि टिनका छाप्रामात्रै भत्किएनन्, धेरै परिवारको रोजगारी, सामाजिक सम्बन्ध र भविष्यको आधार पनि भत्कियो। त्यसयता बस्तीबाट विस्थापित भएका नागरिकको मृत्युका घटना सार्वजनिक भइरहेका छन्।
सबैभन्दा पछिल्लो घटना शान्तिनगर–गैरीगाउँको हो। बस्तीमा डोजर चलेपछि ललितपुरको टीकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले बुधबार आत्महत्या गरेका छन्। परिवारसहित ५ हजार रुपैयाँ भाडाको साँघुरो कोठामा बस्दै आएका उनी रोजगारी र भविष्यको चिन्तामा रहेको सुकुम्बासी अगुवाहरूले बताएका छन्। यो घटनासँगै विस्थापनपछि आत्महत्या
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)