३५ जनालाई फाँसीको सजाय सुनाउने ‘कडा’ न्यायाधीश, ५ महिनामै दिए २२ जनालाई मृत्युदण्ड
lokaantar.com

भारतको उत्तर प्रदेशको न्यायिक सेवामा आफ्नो कडा फैसलाका कारण चर्चामा रहेका अतिरिक्त जिल्ला तथा सत्र न्यायाधीश रवि कुमार दिवाकर पुन: एकपटक बहसको केन्द्रमा आएका छन् । १७ वर्ष लामो न्यायिक यात्रामा ३५ जना दोषीलाई मृत्युदण्डको सजाय सुनाइसकेका न्यायाधीश दिवाकरले पछिल्लो चार महिनामा मात्र १० वटा मुद्दामा २२ जनालाई फाँसीको सजाय तोकेपछि उनको कार्यशैलीबारे न्यायिक वृत्तमा व्यापक चर्चा शुरू भएको हो।
दैनिक जागरको समाचार अनुसार सन् २००९ बाट न्यायिक सेवा शुरू गरेका रविकुमार उत्तर प्रदेशका चर्चित न्यायिक अधिकारी हुन्। सन् २०२२ मा वाराणसीस्थित ज्ञानवापी परिसरको वीडियोग्राफी सर्वेक्षण गराउने आदेश दिएपछि उनी राष्ट्रिय स्तरमा चर्चामा आएका थिए। त्यसअघि सम्भल र बरेलीमा पदस्थापन हुँदा पनि उनले हत्याका विभिन्न मुद्दामा १३ जनालाई मृत्युदण्डको सजाय सुनाएका थिए। बीकम र एलएलएमको शैक्षिक योग्यता राख्ने दिवाकर नोभेम्बर २०२५ देखि मुजफ्फरनगरमा अतिरिक्त जिल्ला तथा सत्र न्यायाधीशका रूपमा कार्यरत छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)