कामना सेवा विकास बैंकलाई लगातार ३ वर्ष बीपीए गोल्ड अवार्ड
kendrabindu.com · Wed Jul 01 07:21:19 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५ अन्तर्गत वित्तीय सेवा क्षेत्रतर्फको गोल्ड अवार्ड प्राप्त गरेको छ।
बैंकले वार्षिक प्रतिवेदनमार्फत वित्तीय विवरण, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचनाको उत्कृष्ट प्रस्तुतीकरण गरेबापत उक्त सम्मान प्राप्त गरेको हाे । आईक्यानले संस्थाहरूको वार्षिक प्रतिवेदनको गुणस्तर, वित्तीय पारदर्शिता तथा उत्कृष्ट वित्तीय प्रतिवेदन अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष यो प्रतिष्ठित अवार्ड प्रदान गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)