चिनी, चामल र तेलको मूल्यमा झेल, अनुगमनमा सरकारी बेमेल
annapurnapost.com · Fri Aug 21 02:16:34 GMT 2026

एकातिर ग्यासको अभाव, अर्कोतिर चामल, दाल, खानेतेल र तरकारीको मूल्य छोइनसक्नु। दुईतिहाइको बलियो सरकारले पनि महँगी नियन्त्रण र कालोबजारीविरुद्ध प्रभावकारी कदम नचाल्दा सर्वसाधारण दोहोरो मारमा छन्। चाडबाड सुरु नहुँदै बजारमा चरम महँगी बढ्दा सर्वसाधारण त्रासमा छन्।
काठमाडौं : चैतमा प्रतिकिलो १०० रुपैयाँ खुद्रा मूल्य रहेको चिनी हाल १ सय १५ रुपैयाँ पुगेको छ। अर्थात्, चैतयतामात्रै चिनीको मूल्य किलोमा १५ रुपैयाँ बढेको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार चिनी, दाल, चामल र गेडागुडीमा ह्वात्तै मूल्यवृद्धि भएको छ। दुईतिहाइको रास्वपा नेतृत्वको सरकार बनेयता खाद्यान्नमा भएको मूल्यवृद्धिले सर्वसाधारणको भान्सा महँगो बन्दै गएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)