यूएईद्वारा नेपालका बाढी पहिरो पीडितका लागि १ करोड डलर मानवीय सहायता घोषणा
ratopati.com · Thu Aug 27 18:53:29 GMT 2026

काठमाडाैँ। संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी डलर बराबरको आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा उक्त सहायता घोषणा गरिएको हो। बाढी तथा पहिरोका कारण ठुलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक घाइते तथा बेपत्ता भएको अवस्थामा प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहायता प्रदान गर्न लागिएको यूएईले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)