धार्मिक राज्य लोकतान्त्रिक बन्न सक्दैन
onlinekhabar.com · Fri Aug 21 02:24:18 GMT 2026

मैले यहाँ स्मरण गराउनुपर्छ कि जात व्यवस्था र हिन्दु धर्म ‘शास्त्रीय’ , राजनीतिक र सांस्कृतिक रूपमा जोडिएका हुनाले जातीय भेदभाव धार्मिक भेदभावकै एउटा विशिष्ट अभिव्यक्ति भनेर मान्नुपर्ने हुन्छ।
यसै पनि , भारतीय जनता पार्टी (भाजपा) को ‘ मातृ संस्था ‘ का रूपमा परिचित र विशेषगरी विश्व हिन्दु परिषद् (भीएचपी) , राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) नेपालका अधिकांश जिल्ला र सहरहरूमा सक्रिय रहेको बताइन्छ। यसको अर्थ धेरै नेपालीहरू यी इकाइहरूका सङ्गठित सदस्य हुन् , जुन एक राष्ट्रिय शीर्ष संस्थासँग जोडिएका छन्। विस्तीर्ण र श्रेणीबद्ध सङ्गठनहरू प्रायः ठूलो परिचालन शक्ति बटुलेर बसेका हुन्छन् , जसलाई परिआएमा तुरुन्तै परिचालन गर्न सकिन्छ। उनीहरू भारतका अत्यन्त शक्तिशाली मुख्यालयका इकाइहरू हुनु वा कम्तीमा कुनै न कुनै रूपमा सम्बद्ध हुनुले उनीहरूलाई नेपालका अधिकांश सङ्गठनहरूभन्दा अझ बढी शक्तिशाली मान्नुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)