दीपेन्द्रले ईटीपीएल नखेल्ने, आम्सटर्डमले घोषणा गर्यो प्रतिस्थापन खेलाडी
onlinekhabar.com · Fri Aug 21 02:41:42 GMT 2026
५ भदौ, काठमाडौं । नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् ।
उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)