प्रविधिका अगुवाले आफ्नै सन्तानलाई किन जोगाउँछन् स्क्रिनको लतबाट?
tourismface.com · Fri Aug 21 02:54:01 GMT 2026
काठमाडौं । सामाजिक सञ्जाल र डिजिटल प्रविधिले विश्वलाई जोड्ने काम गरिरहेको छ। तर यही डिजिटल संसार निर्माणमा अग्रणी भूमिका खेलेका प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तिहरू भने आफ्नै सन्तानको स्क्रिन र सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने गरेका छन्। यसले एउटा गम्भीर प्रश्न जन्माएको छ—प्रविधिका निर्माता नै आफ्ना बालबालिकालाई यसबाट किन टाढा राख्न चाहन्छन्?
फेसबुकका प्रारम्भिक लगानीकर्ता पिटर थिलले साना सन्तानको स्क्रिन समय सातामा करिब ९० मिनेटमा सीमित गरेको बताएका थिए। माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले आफ्ना छोराछोरीलाई १४ वर्षको उमेरसम्म मोबाइल फोन नदिएको बताएका छन्। गुगलका प्रमुख सुन्दर पिचाईले पनि आफ्ना छोरालाई फोन प्रयोग नगर्ने बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)