नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो
baahrakhari.com · Fri Aug 21 03:02:26 GMT 2026

अमेरिका । एक नेपाली दिदीभाइको टोलीले आईटीयू एआई एन्ड स्पेस कम्प्युटिङ च्यालेन्ज २०२६ मा कास्य पदक जितेको छ । संयुक्त राष्ट्रसंघको 'एआई फर गुड' पहलअन्तर्गत आयोजित यस विश्वव्यापी प्रतियोगितामा उनीहरूले ट्र्याक ३, 'स्पेस इन्टेलिजेन्स फर रेजिलिएन्ट सिटिज' मा विश्वमा ७औं स्थान प्राप्त गरे ।
हिट स्केप नामको यो टोलीमा म्याकालेस्टर कलेजमा भर्ना हुन लागेका १९ वर्षीय जेनिश बुढाथोकी र उनकी २६ वर्षीया दिदी जस्ना बुढाथोकी सहभागी थिए । जस्ना अमेजनमा सफ्टवेयर डेभलपमेन्ट इन्जिनियरका रूपमा कार्यरत छिन् र भर्खरै कोलम्बिया विश्वविद्यालयबाट स्नातक गरेकी हुन् । दुवैजना ललितपुरको रातो बाङ्गला स्कूलका पूर्वछात्र हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)