भोटेकोशी बाढी: बाँकेमा सहयोग जुट्दै
ratopati.com · Tue Sep 01 20:52:24 GMT 2026

बाँके । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घले रु पाँच लाख ६० हजार सहयोग गर्ने निर्णय गरेको छ ।
सङ्घका नवनिर्वाचित अध्यक्ष चिरन्जीवी ओलीले रसुवा र नुवाकोटका बाढीपीडितका लागि सङ्घका नवनिर्वाचित पदाधिकारी र कर्मचारीहरूबाट रु पाँच लाख ६० हजार सङ्कलन गरिएको जानकारी दिए । उनले बाढीपीडितलाई सहयोग गर्नु तत्कालको पहिलो दायित्व भएको जनाउँदै नवनिर्वाचित पदाधिकारीबाट सङ्कलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)