संसदीय मर्यादा नाघेर रास्वपा सांसदहरूले देखाइरहेको तमासा
nepalviews.com · Fri Aug 21 03:34:31 GMT 2026

संसद् जनप्रतिनिधिहरूको भिड जम्मा हुने ठाउँ मात्रै होइन, राज्य सञ्चालनको सर्वोच्च राजनीतिक थलो हो । त्यहाँ हुने हरेक गतिविधिले लोकतान्त्रिक संस्कार, राजनीतिक जिम्मेवारी र जनप्रतिनिधिको चरित्र प्रतिबिम्बित गर्छ । त्यसैले संसद्मा बोलिने शब्ददेखि बस्ने शैलीसम्म, उपस्थितिदेखि अनुपस्थितिसम्म र विरोधदेखि समर्थनसम्मका प्रत्येक व्यवहार निश्चित संसदीय मर्यादाभित्र हुनुपर्छ । संसद्को गरिमा जोगाउनु सरकार र प्रतिपक्ष दुवैको समान जिम्मेवारी हो । अझ सत्तारुढ दलका सांसद र मन्त्रीहरूका लागि यो जिम्मेवारी थप गम्भिर हुन्छ ।
तर अहिले प्रतिनिधिसभामा देखिएको दृश्यले यही आधारभूत मान्यतालाई चुनौती दिइरहेको छ । दुर्भाग्य के छ भने संसद्को मर्यादा कायम गर्नुपर्ने जिम्मेवारीमा रहेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसद तथा मन्त्रीहरूकै व्यवहारले संसद्को गरिमामाथि प्रश्न उठाउन थालेको छ । संसद्मा नयाँ राजनीतिक संस्कार ल्याउने दाबी गरेर आएको दलबाटै पुरानाभन्दा पनि हल्का, उत्ताउला र गैरजिम्मेवार व्यवहार देखिन थालेपछि स्वाभाविक रूपमा प्रश्न उठ्छ—परिवर्तन भनेको आखिर के हो?
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)