उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)
khabarhub.com · Fri Aug 21 03:49:38 GMT 2026

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल न्यूनतम सेवा प्रवाह मापदण्डका आधारमा देशका १४ संघीय अस्पतालमध्ये उत्कृष्ट ठहरिएको छ। तर, दैनिक हजारौँ बिरामी पुग्ने अस्पतालको मुख्य प्रवेशमार्गकै सडकको अवस्था भने दयनीय छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गत असारमा सार्वजनिक गरेको मूल्याङ्कनमा भरतपुर अस्पतालले ८९ अङ्क प्राप्त गर्दै संघीय अस्पतालतर्फ पहिलो स्थान हासिल गरेको थियो। दैनिक करिब तीन हजार बिरामी आउने अस्पतालअघिको सडक भने लामो समयदेखि खाल्डाखुल्डी र उबडखाबड अवस्थामा छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)