ओलीले संविधानको मूलमर्म र भावनालाई च्यात्ने काम गरे : नेता तामाङ
ekantipur.com · Thu Dec 31 16:46:11 UTC 2020
काठमाडौँ — नेकपा (दाहाल-नेपाल) पक्षका केन्द्रीय सदस्य हितबहादुर तामाङले प्रतिनिधिसभा विघटन गरेर केपी ओलीले संविधानको मूल मर्म र भावनालाई च्यात्ने काम गरेको बताएका छन् ।
नुवाकोटमा नेकपाको ककनी गाउँपालिकाको भेलालाई बिहीबार सम्बोधन गर्दै नेता तामाङले संविधानमै नभएको अधिकार प्रयोग गरेर ओलीले संविधान कच्याककुचुक पारेको टिप्पणी गरेका हुन् । 'उहाँ (ओली) ले संसद् विघटन गरेर निर्वाचन घोषणा गरी टोपलेर संविधानको मूलमर्म र भावनालाई कच्याककुचुक पार्ने, च्यात्ने, संविधानलाई अर्थहीन बनाउने काम गर्नु भयो । केपी ओली कमरेडले चुनाव गराउन चाहेको हुँदै होइन ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)