बालिका हत्या प्रकरण : ५ बुँदे सहमतिमा पीडित परिवारको असहमति, राजमार्ग अझै अवरुद्ध
annapurnapost.com · Fri Aug 21 03:56:37 GMT 2026

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर बिहीबार राती सरोकारवाला निकाय र स्थानीय प्रतिनिधिहरूबीच पाँच बुँदे सहमति भएको छ।
सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा बसेको वार्तामा पीडित परिवारका प्रतिनिधि, नगर प्रमुख राजन पौडेल, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, जिल्ला सुरक्षा समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)