पाकिस्तानमाथि अफगानिस्तानको हवाई आक्रमण, सीमा क्षेत्रमा बढ्यो तनाव
baahrakhari.com · Wed Jul 01 07:30:54 GMT 2026

काठमाडौं । अफगानिस्तानको तालिबान प्रशासनले पाकिस्तानभित्र हवाई आक्रमण गरेको दाबी गरेको छ । अर्कोतर्फ, पाकिस्तानले भने आफ्नो सेनाले बलुचिस्तानमा अफगानिस्तानको तर्फबाट आएका चारवटा ड्रोनहरूलाई आकाशबाटै खसालिदिएको बताएको छ ।
अफगानिस्तानको रक्षा मन्त्रालय ले यस कारबाहीबारे जानकारी दिँदै आफ्नो सेनाले पाकिस्तानको सीमावर्ती प्रान्त बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तका केही अन्य भागहरूमा हवाई आक्रमण गरेको जनाएको छ । अफगान मन्त्रालयका अनुसार, ती क्षेत्रमा रहेका आईएसआईएसका ठेगानाहरूलाई नष्ट गर्ने उद्देश्यले यो सैन्य कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)