अलास्कामा विमान दुर्घटना, ८ जना बेपत्ता
nepalviews.com · Fri Aug 21 04:18:49 GMT 2026

एजेन्सी । संयुक्त राज्य अमेरिकाको अलास्कामा आठ जना सवार रहेको एक चार्टर विमान दुर्घटनाग्रस्त भएको छ। पश्चिमी अलास्काको दुर्गम क्षेत्रमा भएको यस दुर्घटनापछि अमेरिकी अधिकारीहरूले खोज तथा उद्धार अभियान तीब्र पारेका छन्।
राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनले दिएको जानकारी अनुसार उक्त विमानमा दुई पाइलट र छ यात्रु गरी कुल आठ जना सवार थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)