‘अर्बौंको ग्यास आयात गरेर घाटा सहनुभन्दा देशभित्रै बिजुलीको खपत बढाउनुपर्छ’
ratopati.com · Fri Aug 21 04:25:14 GMT 2026

काठमाडौँ । नेपालमा घरायसी इन्धनका रूपमा प्रयोग हुने एलपीजी ग्यासको आपूर्ति प्रणाली सधैँ संवेदनशील र चुनौतीपूर्ण बन्ने गरेको छ । सामान्य अन्तर्राष्ट्रिय तनाब वा ढुवानीमा हुने सामान्य प्राविधिक अवरोधले पनि नेपाली बजारमा ग्यासको कृत्रिम अभाव देखिने र उपभोक्ताहरू खाली सिलिन्डर बोकेर लाइन बस्नुपर्ने बाध्यता नौलो होइन ।
बजारमा ग्यासको आपूर्तिलाई कसरी सधैँभरि नियमित र भरपर्दो बनाइराख्न सकिन्छ ? सानो हलचलमै नेपाली उपभोक्ता किन आत्तिन्छन् र अतिरिक्त भण्डारण गर्न थाल्छन् ? बर्सेनि अर्बौं रुपैयाँ ग्यास खरिदमा विदेश पठाउनुको सट्टा आफ्नै देशमा उत्पादित जलविद्युतको देशभित्रै खपत किन हुन सकिरहेको छैन ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)