चोरीका गरगहना र किन्ने साहुसहित ६ जना पक्राउ
nepallive.com · Fri Aug 21 04:25:40 GMT 2026

काठमाडौं– काठमाडौंको वनस्थलीमा डेराकोठाबाट सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१६, वनस्थलीमा डेरामा बस्ने एक व्यक्तिको कोठाबाट गरगहना तथा नगद चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा चोरीका गरगहनासहित ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)