भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म
khabarhub.com · Fri Aug 21 04:34:29 GMT 2026

मकवानपुर – बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका किरण थापा मगरको जन्म भक्तपुरको सूर्यविनायक–८ सिपाडोलमा २०३३ साल भदौ १४ गते भएको हो । पिता भैरवबहादुर थापा मगर र माता ललिता थापा मगरका सन्तानका रूपमा सामान्य परिवारमा उनको जन्म भएको थियो ।
प्रविणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका उनी सानैदेखि सामाजिक गतिविधिमा चासो राख्दै आएको बताउँछन्। विसं २०४७ देखि उनी निरन्तर राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)