गाउँको रीतिथिति बाँध्दै गोठ समिति
annapurnapost.com · Fri Aug 21 04:29:41 GMT 2026

गोरखा : आ–आफ्नो व्यावसायिक हितका लागि समिति तथा संघ, संगठन बनाउने र गतिविधि गर्ने चलन नयाँ होइन । लेक तथा खर्कमा आजीवन पशुपालन गर्ने विकट उत्तरी गोरखाका गोठालाहरूले परापूर्वकालदेखि अपनाउँदै आएको यो परम्परा अहिलेसम्म पनि विद्यमान छ ।
उनीहरूको व्यावसायिक हक हितका लागि गठित गोठ समितिले हरेक वर्षको भदौ पहिलो दिनमा बैठक बसी गोठ कहिले लेक लैजाने, कहिले बेंसी झार्ने, अरूको लेकमा गाईभैंसी पसेमा के–कस्तो दण्ड जरिबाना तिर्ने, अरूको बारी तथा जंगलको घाँस काटेमा के–कति दण्ड जरिबाना गर्ने लगायतका नीति निर्माण गर्ने गर्छन् । यस वर्ष पनि भदौ पहिलो दिन गत सोमबार गोठ समितिको बैठक सम्पन्न भयो र विभिन्न निर्णयहरू गरेको गोठाला सुकबहादुर गुरुङले जानकारी दिए । सोही बैठकले बस्तुभाउबाट हुने गरेको होचो, अर्गेलोको जरिबाना तोकेको र लेक, खर्क, माडी, चरनक्षेत्र, खुलाउने, बन्द गर्ने मितिसमेत तय गरेको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)