गेमिङ पार्लरमा आगजनी गरेर पाँच जनाको हत्या गर्ने पुरुषलाई मृत्युदण्ड
ratopati.com · Fri Aug 21 04:42:23 GMT 2026

टोकियो । जापानले गेमिङ पार्लरमा आगजनी गराएर ५ जनाको हत्या गर्ने एक पुरुषलाई मृत्युदण्डको सजाय दिएको छ । २००९ मा ओसाकामा भएको यस घटनाका दोषी ५८ वर्षीय सुनाओ ताकामीले आफ्नो घर नजिकको पाचिन्को पार्लरलाई पेट्रोल छर्केर आगो लगाइदिएका थिए ।
यस घटनामा चार जना ग्राहक र एक जना कर्मचारीको मृत्यु भएको थियो । जापानमा मृत्युदण्ड दिइएको एक वर्षभन्दा बढी समययता यो पहिलो पटक हो । घटनाको समयमा ताकामी मानसिक रूपमा रोगी भएको भन्दै प्रतिवादीका वकिलले पेस गरेको तर्क ६ जना जुरी र तीन जना न्यायाधीसहरूको समूह अस्वीकार गरेका थिए । उनलाई २०११ मा फाँसीको सजाय सुनाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)