जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
nepallive.com · Fri Aug 21 04:57:04 GMT 2026

जाजरकोट– जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलस्थित डोल्पा–जाजरकोट सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बिहीबार साँझ करिब ६:३० बजे नलगाड नगरपालिका–९ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)