बाजुराको गौमुलमा पहिरो: दुई घरमा पूर्ण क्षति, १४ परिवार विस्थापित
annapurnapost.com · Fri Aug 21 04:57:36 GMT 2026

बाजुरा : लगातारको वर्षासँगै आएको पहिरोले बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा दुई घर पूर्ण रूपमा क्षति भएका छन् भने जोखिममा रहेका १४ घरधुरीका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
बिहीबार दिउँसो घर माथिबाट खसेको पहिरोले स्थानीय पूर्णिमल बोहरा र बुदी बोहराको घरमा पूर्ण क्षति पुर्याएको हो। पहिरोको जोखिम बढ्दै गएपछि क्षतिग्रस्त दुई घरसहित आसपासका थप १२ घरधुरीलाई समेत तत्काल सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)