आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल
swasthyakhabar.com · Fri Aug 21 05:37:59 GMT 2026

काठमाडौं- आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल नियुक्त भएका छन्। उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
डा.अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सा विषयमा एमडी गर्नुभएको छ। एमडीमा उनले स्वर्ण पदकसहित विशिष्ट श्रेणी हासिल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)