‘उज्यालोको प्रेमगीत’ लोकार्पण
gorkhapatraonline.com · Fri Aug 21 05:40:52 GMT 2026

। कवि पुरुषोत्तम सुवेदीको कवितासङ्ग्रह ‘उज्यालोको प्रेमगीत’ लोकार्पण भएको छ । साहित्यकार शार्दूल भट्टराई, कवि पुरुषोत्तम सुवेदी र उहाँकी धर्मपत्नी ज्ञानु सुवेदीले बिहीबार संयुक्त रूपमा सो पुस्तक सार्वजनिक गर्नुभयो ।
सो अवसरमा साहित्यकार शार्दूल भट्टराईले उज्यालोको प्रेमगीत कवितासङ्ग्रहबारे चर्चा गर्दै भन्नुभयो, “कवि सुवेदीले यस सङ्ग्रहमा प्रेम र करुणा भावका, आव्रmोश र व्यङ्ग्यले भरिएका भावनालाई कवितामार्फत व्यक्त गर्नुभएको छ । उहाँका कविता बौद्धिक चिन्तन र नयाँ युगबोधको यात्रातिर लम्किएका छन् ।” उहाँले सो कवितासङ्ग्रहबाट विभिन्न कविता वाचनसमेत गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)