न्यूयोर्क क्यापिटलमा बम विस्फोट गराउने आतंकवादी योजना विफल, महिला पक्राउ
ratopati.com · Fri Aug 21 06:02:14 GMT 2026

वाशिङटन डीसी ।अमेरिकी अधिकारीहरूले न्यूयोर्क राज्यको राजधानी अल्बानीस्थित न्यूयोर्क क्यापिटलमा बम विस्फोट गराउने योजनालाई विफल पारेका छन् । यस घटनामा अधिकारीहरूले ३५ वर्षीया जेसिका बोवीलाई पक्राउ गरेका छन् ।
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले बिहीबार बताएअनुसार बोवीले इस्लामिक स्टेट (आईएसआईएस)प्रति समर्थन जनाउँदै आएकी थिइन् । उनले हमलाका लागि अल्बानीका विभिन्न सरकारी भवनहरूको रेकी गरेको र न्यूयोर्क क्यापिटलभित्र विस्फोटक पदार्थ पुर्याउने योजना बनाएको बताइएको छ । निष्क्रिय विस्फोटक र नक्कली बन्दुकको साथमा उनलाई बिहीबार न्यूयोर्क क्यापिटलनजिकैबाट पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)