अमेरिकी सेनाले किन बन्द गर्दैछ यूरोपमा रहेको आफ्नो महत्त्वपूर्ण युनिट ?
ratopati.com · Fri Aug 21 06:12:15 GMT 2026

वाशिङटन डीसी । अमेरिकी सेनाले युरोपमा ड्रोन युद्ध प्रविधिमा काम गरिरहेको एउटा विशेष युनिटलाई विघटन गर्ने निर्णय गरेको छ । लगभग एक वर्षदेखि यो युनिटले ड्रोन विकास, तैनाती र ड्रोनमा आधारित लडाई रणनीतिहरूको प्रयोग गरिरहेको थियो । अब यसलाई परम्परागत हवाई इन्फन्ट्री बटालियनको रूपमा सञ्चालन गर्न निर्देश दिइएको छ ।
यो युनिट इटाली र जर्मनीमा तैनाथ १७३ औँ एयरबोर्न ब्रिगेडको हिस्सा हो । गत नोभेम्बरमा लगभग ६०० सैनिकहरूको बटालियन विशेष रूपमा ड्रोन युद्धको लागि डिजाइन गरिएको थियो । यसको लक्ष्य आवश्यक परेमा कुनै पनि युद्धभूमिमा प्रयोग गर्न सकिने प्रविधि र रणनीतिहरू विकास गर्नु थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)