मन्त्री बादीद्वारा भृकुटीमण्डपको छड्के अनुगमन : नयाँ स्वरूपमा विकासका लागि अध्ययन अघि बढाइने
nagariknews.nagariknetwork.com · Fri Aug 21 05:53:14 GMT 2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आज बिहान ७ बजे आफ्नै सचिवालयको टोली तथा समाज कल्याण परिषद्को टोलीसहित भृकुटीमण्डप क्षेत्रको छड्के अनुगमन गरेका छन्।
अनुगमनका क्रममा मन्त्री बादीले भृकुटीमण्डप परिसरमा सञ्चालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको स्थलगत निरीक्षण गरेकी हुन्। उनले खसी बजार, तरकारी बजार, गार्डेन हल, विभिन्न स्टल तथा प्रदर्शनी र व्यापारिक क्षेत्र, खुला तथा हरित क्षेत्र, पार्किङ, सरसफाइ, सार्वजनिक शौचालय, पैदल आवागमन क्षेत्र तथा परिसरमा सञ्चालन भइरहेका अन्य गतिविधिबारे प्रत्यक्ष जानकारी लिएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)