मन्त्री बादीद्वारा भृकुटीमण्डपको छड्के अनुगमन : नयाँ स्वरूपमा विकासका लागि अध्ययन अघि बढाइने
rajdhanidaily.com · Fri Aug 21 06:18:42 GMT 2026

काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आज बिहान ७ बजे आफ्नै सचिवालयको टोली तथा समाज कल्याण परिषद्को टोलीसहित भृकुटीमण्डप क्षेत्रको छड्के अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मन्त्री बादीले भृकुटीमण्डप परिसरमा सञ्चालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको स्थलगत निरीक्षण गरेकी थिइन् । उनले खसी बजार, तरकारी बजार, गार्डेन हल, विभिन्न स्टल तथा प्रदर्शनी र व्यापारिक क्षेत्र, खुला तथा हरित क्षेत्र, पार्किङ, सरसफाइ, सार्वजनिक शौचालय, पैदल आवागमन क्षेत्र तथा परिसरमा सञ्चालन भइरहेका अन्य गतिविधि’bout प्रत्यक्ष जानकारी लिएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)