अत्यधिक गर्मीका कारण पीएसजीको मैदान खराब, रेन्ससँगको खेल अर्कै स्टेडियममा सारियो
ratopati.com · Fri Aug 21 07:14:03 GMT 2026
पेरिस । पेरिस सेन्ट जर्मेन (पीएसजी) को फ्रेन्च लिग उपाधि रक्षाको पहिलो खेल मैदान बिग्रिएका कारण अन्तिम समयमा अन्यत्र सारिएको छ । अत्यधिक गर्मीका कारण च्याम्पियन पीएसजीको घरेलु मैदानको घाँस बिग्रिएपछि रेन्सविरुद्धको खेल सारिएको हो।
आइतबार हुने भनिएको उक्त खेल अब रेन्सको मैदानमा हुने जानकारी फ्रेन्च फुटबलको प्रतियोगिता समितिले बुधबार अबेर दिएको छ । पीएसजीले आफ्नो घरेलु मैदान पार्क डेस प्रिन्सेसको अवस्था निकै खराब भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)