निजी होइन, सरकारी अस्पतालमा इमरानको स्वास्थ्य परीक्षण : ‘मेडिकल्ली फिट’ भएपछि जेल फिर्ता
nagariknews.nagariknetwork.com · Fri Aug 21 07:15:23 GMT 2026

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई स्वास्थ्य परीक्षणपछि जेल फर्काइएको छ।
उनको परीक्षण शिफा इन्टरनेशनल अस्पतालको सट्टा सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) मा भएको खुलेको छ। स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले उनलाई ‘मेडिकल्ली फिट’ घोषित गरेका छन्। संघीय सरकारका सूचना तथा सञ्चारमन्त्री अत्ताउल्लाह तरारका अनुसार इमरानलाई बिहीबार मध्यराति कडा सुरक्षा व्यवस्थाबिच अदियाला जेलबाट पिम्स लगिएको थियो। नेत्र रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ र अन्य चिकित्सकसहितको टोलीले उनको विस्तृत स्वास्थ्य परीक्षण गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)