रास्वपाको केन्द्रीय समिति बैठक सुरु
annapurnapost.com · Fri Aug 21 07:13:46 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । वनस्थलीस्थित घण्टी घरमा सुरु भएकाे बैठकमा पार्टी सभापति रवि लामिछाने, उपसभापति साेबिता गाैतम, महामन्त्री विपिनकुमार आचार्यसहितका नेताहरु सहभागी छन् ।
केन्द्रीय पदाधिकारी तथा सदस्यहरुकाे मनाेनयन गर्ने कार्यसुची रहेकाे छ। वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अनुपस्थित भएपनि उनका सल्लाहकार असिम शाह भने बैठकमा सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)