तस्बिरमा हेर्नुहोस् रास्वपा केन्द्रीय समिति बैठक
ratopati.com · Fri Aug 21 07:23:14 GMT 2026

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा सुरु भएको छ । सभापति रवि लामिछानेको अध्यक्षतामा सुरु भएको बैठकमा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह भने सहभागी छैनन् । उनी आज बिहानै धादिङ, कास्की हुँदै मुस्ताङ भ्रमणमा निस्किएका छन् ।
आजको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्ताबेज निर्माण, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य, विभाग प्रमुख, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, पार्टीको मुखपत्र प्रकाशनलगायत विषयमा छलफल गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)