तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित
gorkhapatraonline.com · Fri Aug 21 08:06:51 GMT 2026

एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण पूरा हुन सकेन । आयोजना वि.सं.२०७२ असार महिनामा सम्झौता भई वि.सं.२०७८ मङ्सिरमा सक्ने लक्ष्य थियो । काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी छ वर्षमा घरघरमा पुर्याउने लक्ष्य राखिए पनि विविध कारणले हालसम्म निर्माण पूरा हुन नसक्दा स्थानीयवासी निरास भएका छन् ।
उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले लिफ्टिङ प्रविधिको उक्त आयोजना बजेट अभावका कारण पूरा हुन नसकेको राससलाई बताउनुभयो । तोकिएको मितिमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण आयोजनाको काम लम्बिँदै गएको हो । “ठकेदार कम्पनीले पनि भुक्तानी नपाएको भन्दै गत वर्ष आयोजनाको काम गरेन”, लामाले भन्नुभयो । तेमाल बृहत् खानेपानी आयोजनाको काम ‘कालिका-सिएबी जेभी’ नामक निर्माण कम्पनीले ठेक्का लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)