स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
himalpress.com · Wed Jul 01 07:56:22 GMT 2026

काठमाडौँ- पहिरोका कारण बुधवार स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध भएको छ। मिर्दी चापाकोट सड्क खण्डको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा पहिरो खसेको छ। सो स्थानमा पूर्णरुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
वालिङ नगरपालिका–१४ स्थित डुम्रिभञ्ज्याङमा पनि सड्क अवरुद्ध भएको छ । डुम्रिभञ्ज्याङ स्थित वालिङ–हुवास भित्री पक्की सड्क खण्डमा पहिरो खस्दा पूर्ण रूपमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै ठाउँको सड्क खुलाउने प्रयास गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)