गुडवीभ फाउण्डेशनको अध्यक्षमा थापा
gorkhapatraonline.com · Fri Aug 21 08:22:19 GMT 2026

३० बर्षदेखि गलैंचा कारखानाबाट बालश्रम उन्मुलनको क्षेत्रमा काम गरिरहेको नेपाल गुडवीभ फाउण्डेशनको ३१ औँ वार्षिक साधारण सभाले किरण थापाको अध्यक्षतामा नयाँ पदाधिकारी तथा कार्यसमिति सदस्य निर्वाचित गरेको छ ।
यसैगरी उपाध्यक्षमा डा. रूपा मुनाकर्मी र महासचिवमा सन्तोष महर्जन निर्वाचित हुँदा रिक्त रहेको कार्यसमिति सदस्यमा स्वस्तिका सुवेदी र आशितोष कार्की निर्वाचित हुनुभएको छ । साधारणसभाको उद्घाटन समारोहमा समाज कल्याण परिषद्का सदस्यसचिव चक्रबहादुर बुढाले राष्ट्रिय विकास र समृद्धिमा योगदान पुर्याउने गरी सबै सामाजिक संघ संस्थाले प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)