शंखमुलको गेस्ट हाउसमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या
ratopati.com · Fri Aug 21 08:29:21 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१० स्थित शंखमुलमा सञ्चालित भ्याली ब्वाईज होस्टलमा एक जना युवकको हत्या भएको छ । शुक्रबार बिहान धारिलो हतियार प्रहारबाट २२ वर्षीय वसन्त कालाखेतीको हत्या भएको हो ।
दाङको घोराही उपमहानगरपालिका–१७ घर भएका कालाखेतीलाई बिहान १० बजेतिर दुई जना मिलेर धारिलो हतियार प्रहार गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका कालाखेतीको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)