राष्ट्रियसभाः बालिका बलात्कारपछि हत्या घटनामा दोषीलाई कारबाही गर्न माग
gorkhapatraonline.com · Fri Aug 21 08:37:44 GMT 2026

राष्ट्रियसभाका सदस्यहरुले बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।
सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले बालबालिका तथा महिलामाथि हुने हिंसा नियन्त्रण, बालबालिकाको सुरक्षा सुनिश्चितता तथा यस्ता घटनाप्रति सरकार र सुरक्षा निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । सांसद पूजा चौधरीले बालिकाको हत्या घटनामा संलग्नलाई कारबाही गर्दै बालबालिका तथा महिलामाथिको हिंसा रोक्न र बालिकाको सुरक्षा सुनिश्चित गर्न माग गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)