नौ महिनापछि अमेरिकी युद्धपोत फर्कियो
gorkhapatraonline.com · Fri Aug 21 09:07:53 GMT 2026

इरानसँगको द्वन्द्वका क्रममा मध्यपूर्वमा नौ महिनाभन्दा बढी तैनाथ रहेको अमेरिकी विमानवाहक युद्धपोत युएसएस अब्राहम लिङ्कन स्वदेश फर्कने यात्रामा निस्किएको छ । लामो समय समुद्रमा रहँदा चालक दलमा थकान र मानसिक स्वास्थ्यसम्बन्धी चिन्ता बढेको रिपोर्टबिच युद्धपोत फिर्ता भएको हो ।
सान डिएगोमा आधारित लिङ्कनलाई जापानमा तैनाथ युएसएस जर्ज वासिङ्टनले प्रतिस्थापन गरेको छ । यससँगै करिब पाँच हजार सदस्यीय चालक दलको असाधारण लामो तैनाती अन्त्य भएको छ । लिङ्कनले २१ नोभेम्बर २०२५ मा सान डिएगोबाट यात्रा सुरु गरेको थियो । फेब्रुअरीमा इरानसँग शत्रुता बढेपछि त्यसलाई मध्यपूर्वतर्फ मोडिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)