भोटेकोशी बाढीपीडितका लागि ४१ लाख ११ हजार सहयोग
ratopati.com · Tue Sep 01 21:25:56 GMT 2026

कास्की । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि पोखराका व्यवसायी नारायणप्रसाद पौडेलको नेतृत्वमा सञ्चालित व्यावसायिक तथा शैक्षिक प्रतिष्ठानले रु ४१ लाख ११ हजार १११ सहयोग गरेका छन् ।
सहयोग रकमको चेक आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई प्रतिष्ठानका अध्यक्ष पौडेलले हस्तान्तरण गरेका हुन् । अटोवेज प्रालि, प्रतिभा माध्यमिक विद्यालय र गोविन्द–कलावती फाउण्डेसनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)