कार बिक्री गर्ने युवक अचानक बने बेल्जियमका राजकुमार : २६ वर्षपछि खुलेको शाही परिवारको रहस्य
ratopati.com · Fri Aug 21 09:41:09 GMT 2026

काठमाडाैँ । बेल्जियमका एक कार बिक्री गर्ने युवकको जीवन अचानक परिवर्तन भएको छ। २६ वर्षीय क्लेमेन्ट भान्डेनकेर्कहोभ आफू बेल्जियमको शाही परिवारका सदस्य भएको पुष्टि भएपछि अब राजकुमार बनेका छन् । बेल्जियमका राजा फिलिपका कान्छा भाइ प्रिन्स लोरेन्टले डीएनए परीक्षणपछि उनलाई आफ्नो जैविक तथा कानुनी छोरा स्वीकार गरेका हुन्।
यससँगै भान्डेनकेर्कहोभले प्रिन्स लोरेन्टको निजी सम्पत्तिमा आफ्ना सौतेनी दाजुभाइ तथा दिदीबहिनीसरह उत्तराधिकारको अधिकार पाएका छन् । तर उनले शाही भत्ता भने पाउने छैनन्, औपचारिक शाही जिम्मेवारी सम्हाल्ने छैनन् र बेल्जियमको सिंहासनको उत्तराधिकारी बन्ने अधिकार पनि पाउने छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)