बंगलादेशीले निलेर पेटमा लुकाएर ल्याएको सुन ५ दिनपछि बल्ल शौच गर्दा निस्कियो
ratopati.com · Fri Aug 21 10:38:33 GMT 2026

काठमाडौँ । बंगलादेशी नागरिकले पेटभित्र लुकाएर ल्याएको सुनजस्तो देखिने धातुका दुईवटा क्याप्सुल पाँच दिनपछि शौच गर्ने क्रममा निस्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका ३५ वर्षीय मोहम्मद रसैल हल्दारले पेटभित्र लुकाएर ल्याएको करिब १५० ग्राम सुनजस्तो देखिने पहेँलो धातुका दुईवटा क्याप्सुल पाँच दिनपछि निकालिएको प्रहरीले जनाएको छ।
फ्लाई दुबईको एफजेड–११३३ उडानमार्फत साउन ३१ गते दुबईबाट काठमाडौँ आएका हल्दारलाई भन्सार क्षेत्र पार गरी पार्किङतर्फ जाँदै गर्दा सादा पोशाकमा खटिएका प्रहरीले शंकाका आधारमा नियन्त्रणमा लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)