इरानमाथि प्रतिबन्ध समाधान होइनः चीन
gorkhapatraonline.com · Fri Aug 21 10:43:39 GMT 2026

चीनले इरानमाथि अमेरिकी ‘प्रतिबन्ध र दबाब’ बढाएर मध्यपूर्वको द्वन्द्व समाधान नहुने बताउँदै राजनीतिक तथा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । अमेरिकाले इरानी अर्थतन्त्रलाई अलग्याउन चीनलगायत मुलुकलाई आफ्नो अभियानमा सहभागी हुन आग्रह गरिरहेका बेला चीनको यस्तो धारणा आएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनमाथि आर्थिक दबाब बढाउने चेतावनी दिँदै आउनुभएको छ । इरानले भने अमेरिकी अभियानलाई ‘आर्थिक आतङ्कवाद’ को संज्ञा दिँदै आएको छ । ट्रम्पको पछिल्लो चेतावनीबारे शुक्रबार सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रतिबन्ध र दबाबले समस्या समाधान गर्न नसक्ने बताउनुभयो । उहाँले सम्बन्धित सबै पक्षलाई जिम्मेवार कदम चाल्दै राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)