भोजपुरमा वनबाट ९ करोड ६९ लाख राजस्व सङ्कलन
ratopati.com · Tue Sep 01 21:37:53 GMT 2026

भोजपुर । जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु नौ करोड बढी राजस्व सङ्कलन भएको छ । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा वन क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिबाट रु नौ करोड ६९ लाख ६३ हजार ९५० राजस्व सङ्कलन गरेको हो ।
कार्यालयका अनुसार निजी वनबाट हुने काठ निकासी, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको निकासी र विकास आयोजनाबाट उक्त राजस्व सङ्कलन भएको हो । जिल्लामा वन क्षेत्र राजस्वको महत्त्वपूर्ण स्रोतका रूपमा स्थापित हुँदै गएको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)