यस वर्ष शक्तिशाली एल निनोको सम्भावना
gorkhapatraonline.com · Fri Aug 21 10:52:07 GMT 2026

बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एल निनो एक शताब्दीभन्दा बढी अवधिमै सबैभन्दा शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ । उष्णकटिबन्धीय प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्दा विश्वका विभिन्न क्षेत्रमा मौसमको ढाँचा प्रभावित हुने सम्भावना रहेको कार्यालयले जनाएको छ ।
उष्णकटिबन्धीय पूर्वी प्रशान्त महासागरको समुद्री सतहको तापक्रम दीर्घकालीन औसतभन्दा कम्तीमा शून्य दशमलव पाँच डिग्री सेल्सियस माथि पुगेपछि एल निनो घोषणा गरिन्छ । यसले हावाको बहाव, वायुमण्डलीय चाप र वर्षाको ढाँचामा परिवर्तन ल्याउनुका साथै विश्वको औसत तापक्रम बढाउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)