गृहमन्त्रीको उपस्थितिमा एकीकृत निर्वाचन मस्यौदामाथि छलफल
ratopati.com · Fri Aug 21 11:01:31 GMT 2026

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन विधेयक (एकीकृत) मस्यौदा र निर्वाचन व्यवस्थापनमा गर्नुपर्ने सुधारबारे छलफल गरेको छ । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको उक्त छलफल कार्यक्रममा निर्वाचन सुधारका समसामयिक विषयहरू र प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयकमा प्रस्ताव गरिएका नयाँ व्यवस्थाका सम्बन्धमा प्रस्तुतीकरण एवम् छलफल भएको हो ।
छलफलमा गृहमन्त्री गुरुङले विगतका निर्वाचनमा देखिएका समस्याहरू समाधान गर्न, विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदाताहरूलाई मताधिकार दिनका लागि आवश्यक पर्ने कानुनी विषयहरू प्रस्तावित विधेयकमा समेट्न र सो अनुसार प्राविधिक तयारी सुरु गर्न आयोगलाई आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)