नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सञ्चालनमा ल्यायो ‘हेलो एनएचपीसी’ गुनासो पोर्टल
ratopati.com · Fri Aug 21 11:08:27 GMT 2026

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले आफ्नो सेवा प्रवाहमा पारदर्शिता, जबाफदेहिता र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ नयाँ गुनासो पोर्टल ‘हेलो एनएचपीसी’ औपचारिक रूपमा शुभारम्भ गरेको छ । अब सर्वसाधारण तथा स्वास्थ्य व्यवसायीहरूले परिषद्सँग सम्बन्धित आफ्ना गुनासो, समस्या तथा सुझावहरू अनलाइनमार्फत सजिलै दर्ता गराउन सक्नेछन् ।
सेवाग्राहीले परिषद्को आधिकारिक वेबसाइटमा गएर वा उपलब्ध गराइएको क्युआर कोड स्क्यान गरी आफ्ना विषयहरू दर्ता गर्न सक्नेछन् । यस्तै, आफूले दर्ता गराएको गुनासोको वर्तमान अवस्था र समाधानको अपडेट समेत अनलाइनबाटै ट्र्याक गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)