महाकाली वाइन उद्योगको अध्यक्षमा दामोदर अधिकारी, सञ्चालकमा माधवप्रसाद सिलवाल
nepalviews.com · Fri Aug 21 11:14:43 GMT 2026

धादिङ । धुनिबेँसी नगरपालिका–९, धादिङमा रहेको श्री महाकाली वाइन उद्योग प्रा.लि.को सञ्चालक समितिको अध्यक्षमा दामोदर अधिकारी चयन भएका छन्। उद्योगको विशेष साधारणसभाले अधिकारीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो। यसअघि उद्योगको अध्यक्षमा रबिन भेटवाल रहेका थिए। अध्यक्ष रविन भेटवालको ब्यवस्थापनमाथि प्रश्न उठाउदै शुक्रबार फ्याक्ट्रीमा आयोजना गरेको विशेष साधारणसभाले भेटवाललाई विस्थापित गरेर अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै, विशेष साधारणसभाले युवा व्यवसायी माधवप्रसाद सिलवाललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ। उद्योगको व्यवस्थापन तथा सञ्चालनलाई थप प्रभावकारी बनाउँदै व्यवसाय विस्तार गर्ने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)