लुम्बिनी प्रदेश विपद व्यवस्थापन परिषदको बैठक सम्पन्न
gorkhapatraonline.com · Fri Aug 21 11:59:18 GMT 2026

लुम्बिनी प्रदेश विपद व्यवस्थापन परिषदको १५औँ बैठक आज सम्पन्न भएको छ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले रोल्पामा मनसुनजन्य विपदबाट जनधनको ठूलो क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विपद प्रभावित क्षेत्रमा खानेपानी, सडक पूर्वाधार तथा सिँचाइका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिनुभयो । उहाँले प्रदेश सरकारले गर्नुपर्ने काममा कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)