पहिलो खेलमा नेपाल ‘ए’ एनटी स्ट्राइकसँग ८ विकेटले पराजित
annapurnapost.com · Fri Aug 21 11:55:03 GMT 2026
काठमाडौं : टप एण्ड टी–२० श्रृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ एनटी स्ट्राइकसँग ८ विकेटले पराजित भएको छ। अष्ट्रेलियाको डार्विनस्थित डीएक्ससी एरिनामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो।
नेपाल ‘ए’ ले दिएको १२३ रनको विजयी लक्ष्य पछ्याएको एनटी स्ट्राइकले १५ ओभरमा २ विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो। एनटी स्ट्राइकको लागि तेस्रो विकेटको लागि दाउटजी होगेनबोज्म र जोर्डन सिल्कले ८४ रनको अविजित साझेदारी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)